हवाई भाडापनि बढ्दै

loading...

काठमाडौं । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर आगामी सोमबार (माघ २२ गते) बाट लागू हुनेछ । नेपाल आयल निगमले बिहीबार मध्यरातबाट हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ९५ रुपैयाँ पुर्याएपछि वायुसेवा कम्पनीले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन् ।

बढ्ने भाडा दरमा एक महिनाअघि भएको प्रतिलिटर ३ रुपैयाँ वृद्धिसमेत समेटिएको छ । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ३ सय ५५ रुपैयाँसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया
Loading...