कालो धनलाई शुद्धीकरण गर्ने ओली

loading...

काठमाडौँ, माघ १७ । भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरकानुनी तवरले आर्जित सम्पत्तिलाई कर लिएर शुद्धीकरण गराउने पक्षमा खुलेरै प्रस्तुत भएका छन् ।

नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सम्झौता विपरित ओली यस्तो धनलाई वैध बनाउने पक्षमा लागेका हुन् ।

यसअघि निजी क्षेत्रसँगको अनौपचारिक भेटघाटमा सम्पत्ति शुद्धीकरणका अन्तर्राष्ट्रिय प्रावधान नेपालमा लागू गर्न नहुने धारणा राख्दै आएका ओली सोमबार भने खुलेरै यसको पक्षमा उभिए । आजको कारोबार दैनिकमा खबर छ ।

तपाईंको प्रतिकृया
Loading...