हिउँ खेल्न पुगेका विद्यार्थी अझै सम्पर्कविहिन

loading...

ललितपुर । फूलचोकीमा हिँउ परेको छ भन्ने खबर पाउना साथै अजय शिक्षा सदनका कक्षा ५ र ६ का विद्यार्थीहरु उत्साहित भए । अस्ति बिहीबार उनीहरु फूलचोकी पुगे । फर्किन लाग्दा एउटा विद्यार्थी हराए । अझैसम्म उनी बेपत्ता छन् । सो विद्यालयको अभिभावक दिवस हालै भएको थियो ।

विद्यालयले अभिभावक दिवसमा अभिभावककै हातबाट आफ्ना छोराछोरीलाई पुरस्कार दिने नियम बनाएको र अतिरिक्त क्रियाकलापमा अब्बल ती विद्यार्थीका अभिभावक सो दिन विद्यालयमा नभएकाले उनलाई पुरस्कार दिइएन । र, आजसम्म सो पुरस्कार विद्यालयमै छ ।

फूलचोकीमा हराएका विद्यार्थी जोन तामाङलाई अझै सेना र प्रहरीले सर्च गरिरहेको छ । वनका कर्मचारीहरु पनि परिचालित छन् । प्रिन्सिपलको भनाई अनुसार ११ विद्यार्थीमध्ये छ जनाले सर्टकट हिँड्ने निर्णय गरेपछि यो दुर्घटना हुन पुगेको हो । गोदावरीमा सबै जम्मा भएपछिमात्र एउटा विद्यार्थी हराएको पत्ता लाग्यो र तत्कालै खोजी कार्य सुरु गरियो । तर हराएको दुईदिन बितिसक्दा पनि जोनको अझै सम्पर्कमा छैनन् ।

सुप्रभात भण्डारी र प्रकृति अधिकारीको सहयोगमा !

तपाईंको प्रतिकृया
Loading...