आयल निगमले माग्यो ९५ कर्मचारी (सूचनासहित)

loading...

काठमाडौँ, माघ १२ । नेपाल आयाल निगमले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ९५ कर्मचारी माग गरेको छ। निगमले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।

माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था छ । दोब्बर दस्तुरमा थप सात दिन दरखास्तका लागि समय रहनेछ ।

तह, ७ र ८ मा माथिल्ला पदहरुमा खुलातर्फ एकमात्र कर्मचारी निगमले माग गरेको छ। तहविहीन टेक्निसियनमा भने खुलामा १२ जना जनशक्ति निगमले माग गरेको छ ।

निगमले प्राविधिक, प्रशासन, लेखा, कानुन, इन्जिनियरिङ सबै समूहमा जनशक्ति पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो ।

http://www.gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2018-01-26/0ebda189bd07c988e93f3e471dcb992d.jpg

तपाईंको प्रतिकृया
Loading...