बढ्यो सुनचाँदीको मूल्य

loading...

काठमाडौँ, माघ ११ । साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार प्रति तोला ५७ हजार २ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन बिहिबार तोलामा ६ सयले बढेर प्रति तोला ५७ हजार ८ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला ७६५ रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी गोल्ड प्रति तोला ५७ हजार ५ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ५ सय ५५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३ सय रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपियाँ कायम गरेको छ ।

तपाईंको प्रतिकृया
Loading...