ओम डेभलेपमेन्ट बैंकको नाफा २१ प्रतिशतले घट्यो

loading...

काठमाडौँ, माघ १० । ओम डेभलपमेन्ट बैंकको खुद नाफा घटेको छ । बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको यसै अवधिको तुलनामा भन्दा खुद नाफा घटेको हो । गत बर्ष १९ करोड कमाएको बैंकले यसअवधिमा १५ करोड खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिभन्दा २० दशमलव ९८ प्रतिशत कम हो । बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो । तरलता अवस्था अहसज हुदा थप लगानी गर्न नसकेको र निक्षेपको लागत बढेका कारण नाफा घटेको बैंकको भनाई छ ।

बैंकको खुद ब्याज आम्दानी ८ दशमलव ५ प्रतिशत तथा सञ्चालन मुनाफा २१ दशमलव ३४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकले १७ अर्ब ५८ करोड निक्षेप संकलन गरेर १५ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको निक्षेप तथा कर्जा विस्तारमा समेत सामान्य सुधार देखिएको छ ।चुक्तापुँजी २ अर्ब १३ करोड रुपैयाँ रहेको बैंकको जगेडाकोषमा ९१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ  छ । बैंकको निष्क्रिय कर्जा १ दशमलव १७, निक्षेप लागत ८ दशमलव ४०, सीडी रेसियो ७६ दशमलव ४७, आधार ब्याजदर ११ दशमलव ४७ प्रतिशत रहेको छ ।

तपाईंको प्रतिकृया
Loading...