महावीर : जसको न गाँस छ, न बास छ !

loading...

समिक्षा गाहा

दाङ ४ माघ। बिहान र्मिरर्मिरे उज्यालो हुदै थियो ह्वील चियरमा बसेका एक बृद्ध बिहानको छाँक कसरी टार्ने त्यसमै अल्मलिएका थिए । उज्यालो हुदाँ नहुदै घरबाट निस्कने घोराही उपमहानगरपालिका १५ का महावीर रोकाका धेरै जस्तो रात सडकमै बित्छ्न ।

सानैमा आमा/बा गुमाएका महाविरले आमा/बाको माया त पाएनन् पाएनन बरु जीवनभर साथ दिन्छु भन्दै आएकी श्रीमतीले पनि अन्तै विवाह गरेर गईन । सबैको मायाबाट टाढा बनेका ४६ बर्षीय महावीरको अहिले न गाँस नै छ न बाँस छ नै ।
झण्डै नौ बर्ष पहिले लेवर कामगर्दा गर्दै सामान खुट्टामै खसेपछि खुट्टानै गुमाएको स्मरण गर्दै महावीर आफु अरुको सधै बोझका रुपमा रहेको वताउँनुभयो । छाँक कटाउँन पनि अरुकै मुख ताक्नु पर्ने वताउँदै उहाँले अरुको साहारामै जीवन गुजार्दै आएको वताउँनुभयो । सायद मलाई देखेर सडकामा हिड्ने बढुवा पनि हुक्के होलान् मैले कति संग पैसा माग्नु मलाईनै अप्ठेरो लाग्छ महावीरले भन्नुभयो ।

एकदिन माग्न छोड्यो भने चुल्हो बल्दैन मागौ भने कसैले दिदैनन दिन अभामै वितेको छ भन्नुभयो । कैयन रात भोक भोकै बिताए अब बानी नै परिसक्यो नखाएर पनि रात कटाउँन सक्छु भन्नुभयो । सम्पतिको नाममा थोत्रो ह्वील चियर मात्र भएको वताउँदै गाँस मागेर टारेपनि बाँसभने खुल्ला आकाश मुनीनै बिताउछु भन्नुभयो ।

बाल्यकालदेखि नै जीवन आँसु र पिडामा डुबेको वताउँदै लामो समयसम्म औषधी खाँदा पनि खुट्टा नलाग्दा जीवन कटाउँन समेत मुस्किल परेको वताउनुभयो । हस्पिटल जाँदा डाक्टरले पैसा नदिँदा सम्म हेर्दैनन कसरी जीवन काट्नु भन्नुभयो । आफ्नो हात खुट्टा लाग्न छोडेपछि आफ्नापनि बिरानो बन्दा रहेछन् उहाँले भन्नुभयो । म अपाङग भएको एक डेढ बर्ष सम्म त उनी म सगै बोल्दै बोलेनन् महावीरले भन्नुभयो ।

श्रीमतीले छोराछोरीलाई पनि म बाट टाढा बनाई दिईन न मैले छोरा छोरीलाई माया गर्न पाए न उनीहरुले मलाई जीवन यस्तै अभावै अभावमा बित्यो महावीरले भन्नुभयो ।
अपाङ भएपछि सबैले मलाई लखेटे । कोठाभाडा तिर्न नसक्ने भन्दै कोठा दिएनन् उहाँले भन्नुभयो । झण्डै एकबर्षदेखि तुलसीपुर उद्योग वाणीज्य संघका उपाध्यक्ष ललितजंगं शाहले मासिक एक हजार रुपैयाँ सहयोग गर्दै आएको वताउनुभयो । त्यसबाटै आएको पैसाले खर्च चलाउँदै आएको वताउनुभयो महावीरले ।

तपाईंको प्रतिकृया
Loading...