‘सकारात्मक प्रयास गर्दा यसरी दुश्मन लाग्छ’- मेयर महर्जन

loading...

गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन प्राय हाँस्दैनन् । उनी हाँसेपनि कोहीले पनि पत्तो पाउँदैनन् । उनी रिसाएपनि हाँसेपनि उनको अनुहारमा एउटै भाव देखिन्छ । तर गत मंगलबार उनको अनुहारमा आक्रोश भरिएको थियो । हेर्ने र सुन्नेले हेरिरहे र सुनिरहे ।

गोदावरी नगरपालिकाको नयाँ कार्यकक्ष सबैलाई भेला पारेर भन्दै थिए, ‘राम्रो र सकारात्मक प्रयास गर्दा यसरी दुश्मन लाग्छ ।’ त्यो दिनको आकस्मिक बैठकमा गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी र प्रशासकीय अधिकृत टेकराज पन्थीसहित वडाका सम्पूर्ण वडाध्यक्षहरुको उपस्थिती थियो ।

‘हामीले के नराम्रो गरेका छौं ?’ मेयर गजेन्द्रले बैठकमा सोधिरहे, ‘राज्यलाई तिर्नुपर्ने कर तिरेरपनि नियमानुसार व्यवसाय गर्न अनुमति दिन नहुने ?’ मेयर गजेन्द्रको प्रत्येक प्रश्न नै गोदावरी नगरपालिकाले पछिल्लोपटक जमीन सम्याई कृषियोग्य बनाउन दिइएको अनुमतितिर सोझिएको थियो । ‘यसमा कसको आर्थिक स्वार्थ छ ?’ उपमेयर मुनाले पनि थपिन्, ‘प्रमाणित गर्न सक्नुपर्यो नी । प्रमाणबिना सिंगो संस्थालाई आरोप लगाएर हुन्छ ?’

तपाईंको प्रतिकृया
Loading...