शुक्रबार प्रदेशको राजधानी र प्रमुख तोक्ने सरकारको तयारी

loading...

काठमाडौँ, पुस २७ । सरकारले प्रदेशको अस्थायी राजधानी र प्रमुख तोक्ने तयारी गरेको छ । शुक्रबारसम्ममा प्रदेश अस्थायी राजधानी र प्रमुख तोकिने भएको प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ ।

नियुक्ति र केन्द्रका विषयमा सरकारले बिहीबार राजनीतिक दल तथा सरोकारवाला निकायसँग छलफल थालेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ ।

राष्ट्रियसभा निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने भएकाले प्रदेश प्रमुख र अस्थायी राजधानी नियुक्ति शुक्रबार नै गर्ने तयारी भएको बताइएको छ । यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले प्रेस विज्ञप्ति जारी गरेर संविधानको धारा २८८ को उपधारा २ बोमोजिमा प्रदेश राजधानी तोकिन लागेको जानकारी गराएको छ ।

प्रदेशसभाको बैठका बसी प्रदेशको राजधानी नतोकेसम्मका लागि प्रदेशको कार्यसञ्चालन प्रारम्भ गर्न नेपाल सरकारबाट स्थान तोक्नु पर्ने बाध्यत्मक व्यावस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिकृया
Loading...