सेक्स पर्यटनको शिकार बन्दै कलिला किशोरी

loading...

एजेन्सी । सेक्स पर्यटनको शिकारमा धेरै कलिला बालबालिकाहरु पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

थाइल्याण्डको राजधानी बैंककबाट जम्मा २ घण्टाको दूरीमा रहेको पटायाको रिसोर्ट इलाकामा उल्लेख्य मात्रामा पर्यटकहरु पुग्ने गर्दछन् । यस क्षेत्रमा पर्यटकको भीडभाड हुने भएकाले पनि प्रहरी पनि प्रशस्तै परिचालन गरिएको छ । त्यस भेगका सडकमा स–साना बच्चाहरुले पनि उमेर भन्दा धेरैको शारीरिक परिश्रम गरिरहेका तथा कोही भिख मागिरहेका दृष्य धेरै देख्न सकिन्छ । यसरी भेटिने बालबालिकाहरु प्रायजसो गाउँतिरबाट आएका र गरीब हुने गर्दछन् ।

उनीहरुले आफ्नो पेट पाल्नका लागि भिख माग्नेदेखि शरीरसम्म बेच्ने गर्ने गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

त्यसो त थाइल्याण्ड विश्वभर सेक्स पर्यटकीय देशका रुपमा परिचित देश हो । जहाँ विभिन्न देशका पर्यटकहरु भारी मात्रामा पुग्ने गर्दछन् । एशिया, यूरोप, अमेरिका, मध्य–पूर्वदेखि लिएर अन्य कयौ देशका नागरिक आफ्नो छुट्टि मनाउनुका साथै यौन मनोरञ्जन लिनकै लागि थाइल्याण्ड पुग्ने गर्दछन ।

थाइल्याण्डको अर्को परिचय पनि सँगै जोडिएको छ, त्यो हो पर्यटकीय सेक्स अनि बालबालिका । थाइल्याण्डका धेरै गरीब बालबालिकाहरु नचाहेर पनि यौन शिकार भइरहेका छन् ।

तपाईंको प्रतिकृया
Loading...