अमेरिकाले उडाएको जासुसी स्यटलाइट आकाशमै बेपत्ता !

loading...

एजेन्सी । अमेरिकाले ४ दिन अगाडी उडाएको उच्च क्षमताको जासुसी स्यटलाइट आकाशमै बेपत्ता भएको छ ।

फल्कन ९ स्पेस एक्स नाम दिएको उक्त रकेट गन्तव्यमा पुग्न विफल भएको र हराएको हुन सक्ने स्पेस एक्सका प्रवक्ताले पुष्टि गरेका छन् ।

मौसममा सुधार नआएसम्ममा रकेटको अवस्थाबारे बताउन नसक्ने उनले जनाएकी छन् । टाइमले केही अज्ञान अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै यो रकेट समुद्रमा खसेको जनाएको छ ।

स्पेस एक्सका अध्यक्ष ग्वेन सटवेलले केप कनभेरल एअर फोर्स स्टेसन फ्लोरिडाबाट उडान भर्दै गर्दा सब ठिकठाकका रहेको बताएकी थिइन् ।

तपाईंको प्रतिकृया
Loading...