हन्डुरसमा शक्तिशाली भूकम्प

loading...

एजेन्सी । हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन ।

मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पको केन्द्रविन्दु ग्रेट स्वान द्वीपबाट करिव ४४ किलोमटिर पूर्वमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । हन्डुरसको सङ्कटकालीन व्यवस्थापन निकाय (सिओसिइसिओ) ले तीनवटा विभिन्न तटीय जिल्लालाई लक्ष्य गरी सुनामीको चेतावनी दिइएको पनि युएसजिएसले जानकारी दिएको छ ।

युएसजिएसका अनुसार स्थानीय समयाअनुसार मङ्गलबार राति १०ः५१ मा सो भूकम्प गएको थियो । रातिको समयमा गएको यस भूकम्पबाट नागरिकमा ठूलो त्रास छाएको बताइएको छ । मेक्सिको, जमाइका, हन्डुरस क्युबा, कोस्टारिका र यसको वरिपरिका क्षेत्रमा पनि उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको बताइएको छ ।

तपाईंको प्रतिकृया
Loading...