किर्कुकमा गुप्तचर अधिकारी मारिए

loading...

एजेन्सी । इराकको किर्कुक सहरमा मङ्गलबार यहाँको गुप्तचर निकायका एक जना अधिकारीको हत्या भएको बताइएको छ ।

मङ्गलबार बिहान यहाँ केही अज्ञात बन्दुकधारीको आक्रमणमा परी ती अधिकारी मारिएको इराकी गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

इराकको राजधानी बग्दादबाट करिब २५० किलोमिटर टाढा रहेको उत्तरी किर्कुकको राजमार्गमा बन्दुकधारीले गुप्तचर निकायका एक जना अधिकारीको सवारी साधनमा आक्रमण गरेका थिए । उनी घटनास्थलमै मारिएको गृहको विज्ञप्तिमा जनाइएको छ ।

आक्रमणपछि आक्रमणकारी भागेका छन् । उनीहरुको खोजी भइरहेको बताइएको छ, तर उनी पक्राउ नपरेका अधिकारीले जनाएका छन् ।

सलाउद्दिन प्रान्तका अधिकारीले मङ्गलबार विहान पनि यहाँको शरणार्थी शिविरबाट करिब दुई सय परिवार दक्षिणपश्चिम किर्कुकमा फर्किन लागेको जानकारी दिएका छन् ।

किर्कुक प्रान्तमा आइएस लडाकूको आक्रमण बढेको कारण ती परिवार सलाउद्दिन पुगेका थिए । हाल सो क्षेत्रबाट आइएस लडाकू भागिसकेका छन् ।

उक्त क्षेत्रलाई इराक सरकारले आइएसमुक्त क्षेत्रका रुपमा यसअघि नै घोषणा गरिसकेको छ । तर पनि अज्ञात व्यक्तिले हत्या हिंसाको श्रृंखला भने रोकेका छैनन् ।

तपाईंको प्रतिकृया
Loading...