कमिसन बढाउन विराटनगरमा ग्यास बिक्री ठप्प

loading...

विराटनगर, पुस २२ । विराटनगरका ग्यास विक्रेता खाना पकाउने (एलपीजी) ग्यास बिक्री ठप्प पारेका छन् ।

जाडो मौसममा बढी खपत हुने ग्यासको बिक्री ठप्प हुँदा उपभोक्तालाई सास्ती भएको छ ।

विराटनगरका ग्यास विक्रेताले उद्योगले दिने गरेको कमिसन बढाउनुपर्ने माग राख्दै चार दिनयता डिलर बन्द गरेका हुन् ।

ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले भने,

-हामीले १५ बर्षदेखि प्रतिसिलिन्डर ३५ रुपैयाँ कमिसनमा व्यवसाय गर्दै आएका छौं ।

-यो अवधिमा यति धेरै महँगी बढिसक्यो तर हामीले पाउँदै आएको सुविधा बढाउन ध्यान दिइएन ।

माग पुरा नहुन्जेल त्रिक्री खुला नगरिने उनको भनाई छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईंको प्रतिकृया
Loading...