​जहाँ फुटबलर बने राष्ट्रपति

loading...

एजेन्सी । पूर्व फुटबलर जर्ज वेह अफ्रिकी मुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

मंगलबार भएको चुनावमा ५१ वर्षिया जर्ज ६१.५ प्रतिशत मत ल्याउदै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले करिब ६१.५ प्रतिशत मत ल्याउँदै विरोधि जोसेफ बोआसीलाई पछि पार्दै राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका हुन् । उनको जितको खबरले समर्थकहरु राजधानी मोनरोवियामा खुसी मनाइरहेका छन् ।

लाइबेरियाको निर्वाचन आयोगले बिहीबार अन्तिम मत परिणामको सार्वजनिक गर्दै वेह राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो ।

जीतपछिको ट्वीट गर्दै उनले भनेका छन्, ‘लाईबेरियाका मेरा साथीहरु म पुरै देश को भावनालाई महशुस गर्छु । म आजको जिम्मेवारीलाई सम्झिन्छु । अब म परिवर्तनतर्फ केन्द्रित छु ।’

२००२ मा खेलपछि रिटायर भएपछि उनी राजनीतिमा आएका हुन् । त्यसअघि जर्जले इङ्लिस क्लवहरु चेल्सी, म्यान्चेस्टर सिटी इटालियन क्लव एसी मिलान र फ्रेन्सक्लव पेरिस सेन्ट जर्मेनलगायतका क्लबबाट व्यावसायिक रूपमा फुटबल खेलेका थिए ।

जर्ज फिफा वल्र्ड प्लेयर अफ द ईयर र बालुन डे ओर दुबै उपाधि जित्ने एकमात्र अफ्रिकन फुटबलर हुन् ।

तपाईंको प्रतिकृया
Loading...