पुस ७ को साइतमा म्यादी प्रहरीलाई ‘बाईबाई’

loading...

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरीमा भर्ना गरेको थियो । निर्वाचन सुरक्षाका लािग भर्ना गरिएका म्यादी प्रहरीको म्याद ७ पुसमा सकिने भएकाले सो दिनबाट सबै म्यादीको बिदाइ हुने भएको हो ।

७ पुसमा ५५ दिन पुग्ने भएकाले त्यस दिनसम्मको रासन भत्ता दिएर बिदा गर्ने तयारी भएको प्रहरीले जनाएको छ । म्यादी प्रहरीले ५५ दिन खटिएबापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउनेछन् ।

तपाईंको प्रतिकृया
Loading...