ड्राइभिङ सेन्टरमा आपूर्तिको अनुगमन

अनुमति बिनै चलेका सेन्टरमा सिलबन्दी

loading...

ललितपुर , पुस ३ । आपूर्ति व्यवस्थापन विभागले ड्राइभिङ सेन्टरहरुमा अनुगमन सुरु गरेको छ । आज ललितपुर क्षेत्रमा अनुगमन गरी विभागले शंखमुलको रामेछाप भ्याली ड्राइभिङ इन्स्टिच्युटमा सिलबन्दी गरेको छ ।

विभागले ड्राइभिङ सेन्टर अनुगमनका लागि दुईवटा टोली गठन गरी परिचालन गरेको छ । टोलीले आइतबार तीनकुने र भक्तपुरस्थित पाँचवटा ड्राइभिङ सेन्टरको अनुगमन गरी दुर्इवटामा सिलबन्दी गरेको अनुगमन विभागका अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

तीनकुनेस्थित एन्जल मोटर्स ड्राइभिङ सेन्टर र भक्तपुरको राधे राधे स्थित पर्फेक्ट भेहिकल एण्ड इन्टरप्राइजेजले अनुमतिपत्र नलिइ संचालन गरिरहेकाले ताला लगाइएको हो ।

आपूर्ति विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अनुमति नलिइ संचालनमा रहेका, दर्ता नभएका तथा मापदण्ड नपुगेका ड्राइभिङ सेन्टरहरुलाई विभागले सिलबन्दी गरी कारोबार बन्द गर्ने छ ।

विभागले स्विकृती नलिएका ड्राइभिङ सेन्टर बन्द गर्ने तथा  ड्राइभिङ सेन्टरको दर्ता खारेज गरी कानुनी कारवाही प्रकृया अघि बढाइने समेत महानिर्देशक दाहालले बताए ।

आइतबार विभागले एकान्तकुना स्थित युटर्न ड्राइभिङ स्कुलमा सिलबन्दी गरेको छ। यसै गरी धोबीघाटस्थित मेगा ड्राइभिङ स्कुल र महालक्ष्मी ड्राइभिङ स्कुलले नविकरण नगरेको पाइएकाले कारोबार रोक्का गरेको विभागका अधिकृत श्री अधिकारीले जानकारी दिए।

तपाईंको प्रतिकृया
Loading...