ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन

वाम गठबन्धनको धारणा सार्बजनिक गर्दै

loading...

काठमाडौँ, पुस २ । नयाँ सरकार गठन प्रक्रियामा विवाद बढिरहेका बेला वाम गठबन्धनले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेका हुन् ।

समसामयीक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्न दिउँसो तीन बजे अन्नपूर्ण होटलको कुमारी हलमा पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ ।

पत्रकार सम्मेलनमार्फत् ओली र प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा साथ दिनेहरुप्रति धन्यवाद ज्ञापन गर्ने कार्यक्रमसमेत छ । कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडानमा छ भने एमाले र माओवादीले बहुमतीय प्रक्रियामा जोड दिएका छन् ।

दलहरुबीच राजनीतिक सहमति नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश स्वीकृत गरेकी छैनन् ।

तपाईंको प्रतिकृया
Loading...