सहकारीकर्मी राजेन्द्रप्रसाद पाण्डे बने प्रदेश सांसद


 
loading...

Rajendra prasad Pandey

धादिङ । धादिङ क्षेत्र नं १ अन्तरगत प्रदेश सभा १ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन् ।

प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठलाइ १३ हजार ६ सय ९६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले २७ हजार ३ सय ३१ मत ल्याए । श्रेष्ठले १३ हजार ६ सय ३५ मत ल्याए ।

को हुन् पाण्डे ?

राजेन्द्रप्रसाद पाण्डे नेकपा एमालेको तर्फबाट धादिङ–१ (क) प्रतिनिधीसभाका उम्मेदवार हुुन्। उनको जन्म २०१३ साल जेठ २९ मा बाबु स्व नेत्रराज पाण्डे र आमा मनमाया पाण्डको कोखबाट गजुरी गाउँपालिकामा भएको हो।

ग्रामिण विकासमा स्नातकोत्तर पाण्डे २०३१ सालको  विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न छन्। उनी नेकपा मालेको सह–सचिव हुुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भए।

उनी २०५० सालमा पार्टीको अञ्चल सचिव, २०५५ सालमा केन्द्रिय सदस्य भए। हाल उनी पार्टीको पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा छन। उनी  २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए।

उनले स्थानीय विकास मन्त्रीको जिम्मेवारी समेत सम्हालेका छन्।

तपाईंको प्रतिकृया
Loading...