सहकारीको अन्तर्राष्ट्रिय महिला गोष्ठी

लैगिक समानता हासिल गर्ने र सबै महिलालाई अभिप्रेरणा भन्ने दिगो विकास लक्ष्य

 
loading...

IMG_8054

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको आयोजनामा सहकारी व्यवसायमा महिलाको भूमिका बृद्धि सम्बन्धी चार दिने गोष्ठी काठमाडौ मंगलबारबाट शुरु भएको छ । लैगिक समानता हासिल गर्ने र सबै महिलालाई अभिप्रेरणा भन्ने दिगो विकास लक्ष्यको पाँचौ लक्ष्यलाई केन्द्रमा राखेर गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले नेपालको सहकारी क्षेत्रमा ५१ प्रतिशत महिलाको सहभागिता रहेको बताउनुभयो । उहाँले नेपालको संविधान २०७२ ले सम्पूर्ण क्षेत्रमा ३३ प्रतिशत सहभातिा सुनिश्चित गरेको बताउनुभयो । ‘दक्षिण एसियामा महिलाको सवालमा नेपाल अगाडी छ तर निति निर्माण तहमा अझै महिलाको सहभागिता बृद्धि गर्नुपर्ने देखिन्छ,’ उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड मेम्बर तथा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले नेपालको सहकारीमा महिलाको उत्साहजनक सहभागिता रहेको भए पनि नेतृत्व तहमा भने न्यून रहेको बताउनुभो । उहाँले समानरुपमा सम्पूर्ण क्षेत्रमा महिलाको सहभागिता गराएर विश्वलाई उदाहरण दिनुपर्ने धारणा राख्नुभयो ।

आइसीए एपीको क्षेत्रिय निर्देशक बालु ऐयरले नेपालको सहकारीले महिला शसक्तिकरणमा ऐतिहासिक सफलता हात पारेको धारणा राख्नुभयो । उहाँले विश्वका विभिन्न देशको उदाहरण दिर्दै लैगिक समानतामा नेपालले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।
कार्यक्रममा आइसीए एपीकी सावित्रि सिंहले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनकी वरिष्ठ कार्यक्रम अधिकृत निता न्यौपानेले सहकारी र श्रम ऐनको विषयमा चर्चा गर्नुभयो । नेपालको नयाँ श्रम ऐनले सहकारीमा काम गर्ने कमचारीलाई पनि सम्बोधन गरेको व्याख्या गर्नुभयो । त्इसैगरि राष्ट्रिय योजना आयोगका सह सचिव विजु कुमार श्रेष्ठले नेपालमा महिला सशक्तिकरणका लागि विविध कार्यक्रम रहेको र उपलब्धिसमेत हासिल गरिरहेको बताउनुभयो । त्यैगरि सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव रघुराम विष्टले कार्यपत्र प्रस्तुत गर्दै सहकारीको वर्तमान अवस्था र दिगो विकास लक्ष्यको पाँचौ लक्ष्य प्राप्तिका लागि आगामी योजनाको विषयमा चर्चा गर्नुभयो ।

जिआइजेडका प्राविधिक सल्लाहकार रोशन श्रेष्ठले नेपालमा सहकारीलाई व्यवसायीकरण गर्न र महिलालाई निति निर्माण तहमा पु¥याउनका लागि भुमिका खेलिरहेको बताउनुभयो । त्यसैगरि कार्यक्रममा भुटानकी चित्रामाया कामी, माल्दिभ्सकी जुल्फा आदम, राष्ट्रिय सहकारी महासंघकी नायव महाप्रबनधक चित्राकुमारी सुब्बा, राष्ट्रिय सहकारी बैंक लिकी संचालक सरिता भट्टराईलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । देशभरिका ६० भन्दा बढि नेतृत्व तहमा रहेको महिलाहरुको गोष्ठीमा सहभागिता रहेको छ ।

तपाईंको प्रतिकृया
Loading...