आज अन्तराष्ट्रिय मानव अधिकार दिवस

loading...

काठमाडौँ, मंसिर २४ । हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाईन्छ । यसबर्षको मानव अधिकार दिवसमा मानव अधिकार घोषणपत्र पारित गरेको ठ्याक्कै ७० बर्ष हुँदैछ । यस हिसाबले पनि यस बर्षको मानव अधिकार दिवस बिश्वभरि केही बिशेष रुपले मनाइदैछ । बिश्वमा यस मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा धेरै भाषामा अनुवादीत अनि प्रकाशीत घोषणापत्र हो, यस घोषणापत्र ५०० भन्दा पढि भाषामा अनुवादित अनि प्रकाशीत छ ।

हामी सबैको आधारभूत मानव अधिकारकालागि हामीसबैले आवाज उठाउन पाउँछौ र यो जरुरी पनि छ । मानव जन्मिने वित्तिकैदेखि मृत्यूपर्यन्तसम्म एउटा सम्मानित र समान जीवन बाँच्नकालागि चाहिने सम्पूर्ण आधारभुत अावश्यक्ताहरू मानव अधिकार भित्र पर्दछ । आज बिश्वसमुदायले मानव अधिकारको मुल्य अनि महत्वलाई उजागर गर्न इन्टरनेटको दुनींयामा भनेंर #StandUp4HumanRights ट्वीट गर्दछन्, यो ह्यासट्याग बर्षभरिनै कायम रहन्छ ।
मानव अधिकार घोषणा पत्रको मूभलभूत तथ्य अनि साराशं प्रस्त्ुत गर्न चाह्यौं
यस मानव अधिकार घोषणापत्रले हामीसबै मानवलाई सशक्तिकृत गर्दछ ।
मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ ।
हाम्रो साझा मानवता बिश्वबन्धुत्वको जरामा आसिन छ
समानता, न्याय र स्वतन्त्रताले मात्र द्धन्द लाई रोकेर शान्ति स्थापीत गर्दछ
जहाँ जहलिे मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामीसबै जोखिममा हुन्छौ
आफ्नो र अरुको अधिकारकालागि आवाज उठाउने गरौं

-हाम्रो पात्रोबाट साभार

तपाईंको प्रतिकृया
Loading...