८ सय भोटसहित मतपेटिका नै जलाइदिएपछि…

loading...

अर्घाखाँची, मंसिर २२ । जिल्लाको एउटा मतदान केन्द्रमा उत्पन्‍न विवाद चर्कदै गएर मतपेटिका जलाइएको छ ।

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-५ को मथुरा मा.वि मतदान केन्द्र (ख) का मतपेटिका काँग्रेस कार्यकर्ताहरुले जलाएका हुन् ।

मतदानअधिकृतले हस्ताक्षर नै नगरेको विषयलाई लिएर विवाद उत्पन्‍न भएको थियो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरेको मतपत्र दिएपछि कांग्रेस कार्यकर्ताहरुले मतपेटिका फाल्नेको साथै मतपत्र च्यातेर जलाएको बताइएको छ ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार मतपेटिकामा करिब ८ सय खसेको थियो ।

तपाईंको प्रतिकृया
Loading...