मनाङमा एमालेको समर्थन पाएका दिपक मनाङे अगाडि

loading...

मनाङ, मंसिर २२ ।मनाङमा प्रदेशसभातर्फ एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले ११९३ मतसहित अग्रस्थानमा छन् ।

उनलाई कांग्रेसका टेकबहादुर गुरुङले ८७८ मतसहित पछ्याई रहेका छन् । त्यस्तै प्रदेशसभा ‘क’ तर्फ नेकपा एमालेका दोर्जे डंडुल गुरुङले ५७० मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार चिन्तबहादुर घलेले ५९९ मतसहित पछ्याउँदै छन् ।

त्यस्तै प्रदेससभा ‘ख’ तर्फ राजीव गुरुङ उर्फ दिपक मनाङेले ९१८ मत ल्याई अग्रस्थानमा छन् । मनाङ ‘ख’ मा स्वतन्त्र उम्मेदवार मनाङेलाई समर्थन गर्दै एमालेले उम्मेदवारी फिर्ता लिएको थियो । मनाङेलाई पछ्याइरहेका कांग्रेसका कर्म गुरुङ ७०५ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया
Loading...