सिन्धुपाल्चोक २ मा पशुपति शमशेरले फेरि शेरबहादुर तामाङलाई पछि पारे

loading...

सिन्धुपाल्चोक, मंसिर २२ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा झिनो मतान्तरले अगाडि छन । उनले २८५५ मत प्राप्त गरेका छन् ।

उनलाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले पछ्याइरहेका छन्  । तामाङले २७१८ मत ल्याएका छन् । सिन्धुपाल्चोक २ को सुरुवाती रुझान रोचक देखिएको छ ।

यस क्षेत्रमा कहिले शेरबहादुर तामाङ अगाडि त कहिले पशुपति शमशेर राणा अगाडि देखिदैछन् ।

यस क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार तामाङ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका अध्यक्षसमेत रहेका उम्मेदवार राणाबीचमा निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

तपाईंको प्रतिकृया
Loading...