भोजपुरमा शेरधन राईलाई फराकिलो अग्रता

loading...

भोजपुर,मंसिर २१ । भोजपुर प्रदेश ख मा वाम गठबन्धन्तर्फका नेकपा एमालेका उम्मेदवार पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईले फराकिलो अग्रता लिएका छन् ।

सदरमुकामस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालय, भोजपुर अदालतमा साढे ५ बजेदेखि भइरहेको मतगणनामा अहिलेसम्म शेरधन राईले १६ सय ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले ८ सय २५ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश क मा एमालेका राजेन्द्रकुमार राई पनि अगाडि छन् । यहाँ राईले ३ सय ७२ मत र संघीय समाजवादी फोरमका अजम्बर काङ्गमाङ्गले ३ सय ४९ मत प्राप्त गरेका छन् ।

उता भोजपुरको प्रतिनिधिसभामा भने माओवादी केन्द्रका सुदन किरातीले १२ सय ३३ मत प्राप्त गरेका छन् भने उमेशजंग रायमाझीले ५ सय ५९ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया
Loading...