रसुवामा प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा लोकतान्त्रिक गठबन्धनको अग्रता

loading...

रसुवा, मंसिर २१ । रसुवामा मतगणनाको प्रारम्भिक नतिजा आउँदा प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ ।

प्रतिनिधिसभातर्फ थुमन र खाल्डेको एक हजार दई सय ४७ मतगणना भइसक्दा लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका मोहन आचार्यको सात सय २१ र वाम गठबन्धनतर्फबाट नेकपा एमालेका उम्मेदवार जनार्दन ढकालको चार सय ४८ मत आएको छ ।

त्यसै गरी प्रदेशसभातर्फ प्रदेशसभा क तर्फ स्याफ्रु ख र थुमनको मत गनिसक्दा लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका प्रभात लामाले ६ सय २३ र वाम गठबन्धन तर्फका नेकपा एमालेका उम्मेदवार कर्णेल लामाले ५ सय ३ मत ल्याएका छन् ।

तपाईंको प्रतिकृया
Loading...