रसुवामा मतगणना सुरु

पहिलो चरणमा सदरमत र बदर मत छुट्याउने कार्य हुँदै

loading...

रसुवा, मंसिर २१ । रसुवामा उच्च सुरक्षाको घेरामा प्रतिनिधिसभा र प्रदेशसभाको एक साथ मतगणना सुरु गरिएको छ ।

प्रतिनिधिसभा तर्फ थुमन र खाल्डे मतदानकेन्द्र तथा प्रदेशसभा तर्फ स्याफ्रु ख र थुमनको मतगणना एक साथ भैरहेको हो ।

पहिलो चरणमा सदर मत र बदर मत छुट्याउने कार्य भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतगणनास्थल वरीपरी उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र पत्रकार बाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।

तपाईंको प्रतिकृया
Loading...