विप्लवका ६ जना कार्यकर्ता पक्राउ

गगन थापामाथि बम बर्षाउने विष्फोटक पदार्थसहित

loading...

काठमाडौँ, मंसिर २१ । नेपाल प्रहरीले कांग्रेसका युवा नेतामाथि बम आक्रमण गर्ने तथा उपत्यकामा बम आतंक सिर्जन गर्ने विप्लव नेतृत्वको नेकपाका  ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन विथोल्ने नाममा आतंक मच्चाउने विप्लवका कार्यकर्तालाई ठुलो परिणामको विष्फोटक पदार्थ तथा विभिन्न दस्तावेजसहित पक्राउ गरेको हो ।

प्रहरीले विभिन्न स्थानमा विस्फोटनको तयारी गरिरहेका बेला उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रहरीले नेकपाका जिल्ला कमिटि सदस्य जिल्ला वर्ष २४ वर्षिय रवि गोले, ३४ वर्षिय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, आरोह भनिने ३० वर्षिय महेश नेपाली, ४४ वर्षिय विगेश लामा, ३२ वर्षिय राजिव तामाङलाई पक्राउ गरेको जनाएको छ । उनीहरूलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...