प्रहरी संगठनको सफलता

विस्फोटन गराउने हिडेका समूह नै पक्राउ

loading...

काठमाडौं । विस्फोटक पदार्थ, हातहतियार तथा विभिन्न दस्तावेज सहित नेकपा माओवादी (विप्लव) का ६ जना नेता तथा कार्यकर्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन बिथोल्न काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थानहरु र उम्मेदवारलाई लक्षित गरी बम विस्फोटन गराउने योजना तथा कार्यमा संलग्न उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पेस्तोल १ थान, सो को गोली ८ राउण्ड, विभिन्न विस्फोटक पदार्थ र उक्त पार्टीको विभिन्न दस्तावेज सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रवि गोले, विचारमान तामाङ, आरोह नेपाली, बिगेश लामा, राजिव तामाङ र रोशन बिष्ट रहेका छन् ।

तपाईंको प्रतिकृया
Loading...