बेइजिङ सहरमा यस वर्ष वायु प्रदूषणको मात्रा घट्यो

loading...

एजेन्सी । चीनको राजधानी सहर बेइजिङमा गत वर्षको तुलनामा यस वर्ष वायु प्रदूषणको मात्रामा कमी आएको समाचार छ ।

बेइजिङका अधिकारीले गत वर्षको तुलनामा यस वर्ष विशेष गरी बेइजिङ सहरको वायु प्रदूषणमा कमी आएको देखिएको बताएका छन् ।

यस वर्षको शीतकालीन समयमा यस सहरको वायु प्रदूषणको मापदण्ड गत वर्षको तुलनामा उल्लेखनीय रूपमा कमी आएको देखिएको चिनियाँ अधिकारीले जनाएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

चीनको वातावरण मन्त्रालयले यही अनुपातमा आगामी केही महिनासम्म यो अवस्था कायम रह्यो भने यसबाट चीन सरकारले लिएकोे वायु प्रदूषण नियन्त्रण सम्बन्धी लक्ष्य हासिल गर्ने काममा पनि सफलता मिल्न सक्ने देखिएको जनाएको छ ।

यसरी हेर्दा गएको वर्षको तुलनामा यस वर्ष बेइजिङको वायुमा पाइने धुलोको कणको मापनमा प्रदूषण घटेको देखिएको सो मन्त्रालयले जनाएको छ ।

गत वर्षको मार्च महिनादेखि नोभेम्बर सम्मको शीतकालीन समयको तुलनामा यस वर्षको कमी हो । राजधानी सहर बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

सो अवधिमा गतवर्षको तुलनामा यसवर्ष कम्तीमा पनि २७ प्रतिशतले कमी भएको पनि वातावरण मन्त्रालयले जानकारी दिएको बताइएको छ ।

चीनको विशेषगरी बेइजिङ सहरमा अन्य समयको तुलनामा शीतकालिन महिनामा वायु प्रदूषण अत्यधिक हुने गर्दछ । गत वर्ष पनि यो सहरमा वायु प्रदूषण नराम्ररी बढेपछि यसको नियन्त्रणका अनेक उपायको खोजी गरेको जनाएको थियो ।

चीन सरकारले गत वर्षदेखि नै वायु प्रदूषणको समस्या ठूलो रहेको राजधानी बेइजिङ र अन्य सहरमा पनि प्राय गरी यसको कारक मानिने कलकारखाना बन्दगर्ने र कतिपय सहरमा कोइलाको प्रयोगको विकल्प पनि खोज्न निर्देशन गरेको थियो ।

तपाईंको प्रतिकृया
Loading...