ललितपुर चुनावी एक्सप्रेस : कहाँ कति खस्यो मत ?

loading...

ललितपुर । ललितपुरमा २ बजेसम्ममा ४० प्रतिशत मत खसेको ललितपुरका निर्वाचन अधिकृत बालमुमुन्द दवाडीले जानकारी दिएका छन् । ललितपुरमा सबैभन्दा बढी महेन्द्र आदर्श उच्च मावि मतदान केन्द्रमा ५३ प्रतिशत मत खसेको उनले जानकारी दिए ।

त्यस्तैगरि इन्टरनेसनल बौद्ध केन्द्रमा ३० प्रतिशत, महाविहार केन्द्रमा ३५ प्रतिशत, आदर्श कन्या निकेतन केन्द्रमा ३० प्रतिशत, कृष्णमन्दिर पाटन केन्द्रमा ४० प्रतिशत, तननी मतदान केन्द्रमा २५ प्रतिशत र दूरसञ्चार मतदान केन्द्रमा १३ सय मतदातामा ८ सय जनाले मत हालिसकेको निर्वाचन अधिकृत दवाडीले बताए ।

तपाईंको प्रतिकृया
Loading...