‘बुथ क्याप्चर’को आरोपमा मुक्कामुक्की

loading...

हरि छुःका
भक्तपुर । भक्तपुरको क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । एकअर्काले बुथ क्याप्चर गर्न खोजेको भन्दै विवाद भएपछि दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको छ ।

प्रहरीका अनुसार कांग्रेस र एमाले समर्थकहरुबीच ढुंगा हानाहान हुँदा सर्वसाधारणका घरका सिसा फुटेका छन् । अहिले स्थिति नियन्त्रणमा आइसकेको भक्तपुर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जनाकारी दिए । उनका अनुसार मतदान भने सुचारु भइरहेको छ ।

तपाईंको प्रतिकृया
Loading...