ललितपुरको आधा दर्जनस्थानमा बम बिस्फोट

loading...

ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले ललितपुरमा पूर्ण सुरक्षा भएको बताईरहँदा विभिन्न स्थानमा बम बिस्फोट भएको छ । विस्फोटका समाचार आएपनि मानवीय क्षति भने भएको छैन । ललितपुर महानगरपालिकाको विभिन्न मतदान केन्द्रमा बम बिस्फोट भएको हो ।

ललितपुर वडा नम्बर १४ फुल्चोकी मतदान केन्द्रमा शक्तिशाली बम बिस्फोट भएको छ । मतदाताहरु भोट हाल्न लाईनमा बसिरहेको अवस्थामा बम पड्किएपछि केहिबेर भागदौड मच्चिएको थियो । यस्तै महालक्षी नगरपालिका ६ तःननी मतदान केन्द्रमा पनि बिस्फोट भएको छ । यस्तै, ललितपुरकै गोदावरी नगरपालिका गोदामचौर मतदान केन्द्रमा पनि बिस्फोट भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि ललितपुरको बागमती गाउपालिका ६ आश्राङस्थित कालीदेबी मावि मतदान केन्द्र र बागमती गाउँपालिका वडा नम्बर ७ गाउँसे बेसी मतदान केन्द्रमा समेत बम बिस्फोट भएको छ । बम कसले र किन बिस्फोट गरायो भन्नेबारे जानकारी हुन नसकेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हामीले यसबारेमा बुझ्न ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थीलाई पटकपटक फोन सम्पर्क गर्दा व्यस्त रहेको बताए । ललितपुरका प्रहरी प्रमुख गणेश ऐरले पनि यसबारे अनुसन्धान भइरहेको अनलाइन पत्रिकालाई बताए ।

तपाईंको प्रतिकृया
Loading...