प्रधानमन्त्री देउवाको ओलीलाई ब्यंग्य

'ओलीजी अझै पनि चुनाव सार्छन् भन्दै हुनुहोला’

loading...

डडेल्धुरा । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलाको असिग्राम उच्च मा.वि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

आफैलाई मत दिएपछि देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यग्य हानेका छन् । ‘मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला’ मतदानपछि देउवाले भने, भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला ।

’निर्वाचन सफलतापूर्वक भएको भन्दै निर्वाचनपछि पनि कांग्रेसकै सरकार बन्ने उनको दाबी छ । उनले काँग्रेसको सरकारमा आफै प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।

मतदानका लागि देउवा सदरमुकामबाट हेलिकोप्टरमा आफ्नो गाउँ पुगेका थिए । जिल्ला सदरमुकामबाट २१ किमी टाढा रहेको सो विद्यालयमा देउवाले प्राथमिक तहसम्म अध्ययन गरेका थिए ।

तपाईंको प्रतिकृया
Loading...