शव बोकेरै मतदान केन्द्रमा मलामी

मृतकका छोरासहित सबै मलामीले हाले भोट

loading...

पाल्पा,मंसिर २१ । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ मा शव बोकेरै मतदान केन्द्र पुगेका मलामीले भोट हालेका छन् ।

मैनादीको हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको मृत्यु भएपछि शव बोकेरै मलामी मत हाल्न पुगेका हुन् ।

गैरेको बिहीबार बिहान नै मृत्यु भएको हो । मलामी र मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

तपाईंको प्रतिकृया
Loading...