ललितपुरका ५ मतदान केन्द्रमा बम बिस्फोट

loading...

ललितपुर, मंसिर २१ । ललितपुर महानगरपालिकाको विभिन्न मतदान केन्द्रमा आज बम बिस्फोट भएको छ ।

ललितपुर वडा नम्बर १४ फुलचोकि मतदान केन्द्रमा शक्तिशाली बम बिस्फोट भएको छ । मतदाताहरु भोट हाल्न लाईनमा बसिरहेको अवस्थामा बम पड्किएपछि केहिबेर भागदौड मच्चीएको थियो ।

यस्तै महालक्षी नगरपालीका ६ तरननी मतदान केन्द्रमा पनि बिस्फोट भएको छ भने ललितपुरकै गोदावारी नगरपालीका गोदामचौर मतदान केन्द्रमा पनि बिस्फोट भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी ललितपुरको बागमती गाउपालिका ६ आस्राङ स्थीत कालिदेबि मा.वि मतदान केन्द्र र बागमती गाउपालिका वडा नम्बर ७ गाँउसेबेसी मतदान केन्द्रमा आज बिहान बम बिस्फोट भएको छ ।

बम कस्ले र किन बिस्फोट गरायो भन्नेबारे जानकारी हुन नसकेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै ललितपुरकै चापागाँउ स्थित प्याङगाँउ मतदान केन्द्रमा बम फेला परेको छ । उक्त बम सेनाको बम डिस्पाजल टोलीले निश्कृय पारेको जनाएको छ ।

 

मतदाता भागाभाग

http://onlinepatrika.com/118108/

तपाईंको प्रतिकृया
Loading...