कहाँबाट खस्यो हेभिवेटको भोट ?

loading...

ललितपुर । क्षेत्र नम्वर १ मा वाम गठबन्धनका उम्मेदवार नवराज सिलवालले किटनी उच्च माध्यमिक विद्यालय गोदावरीबाट भोट खसाल्नुभएको छ । लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नम्वर १ का उम्मेदवार उदयशमसेर राणाले घुसेल उच्च माध्यमिक विद्यालय घुसेल बागमती गाउँपालिकाबाट भोट खसाल्नुभयो ।

क्षेत्र नम्वर २ मा वाम गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जनले श्रमिक शान्ति च्यासलबाट भोट खसाल्नुभएको छ । त्यस्तै, क्षेत्र नम्वर २ का चन्द्र महर्जनले भोलढोका, सामुदायिक भवनबाट मत दिनुभयो ।

क्षेत्र नम्बर ३ मा पम्फा भुसालले राजतिर्थ (राममन्दिर), महानगर २ बाट र क्षेत्र नम्वर ३ का मदन बहादुर अमात्यले राजतिर्थ (राम मन्दिर) वडा नं. २ बाट मत दिनुभएको छ ।

तपाईंको प्रतिकृया
Loading...