टाईटानिकको रोचक तथ्य

आखिर किन त रोजले ज्याकलाई मर्नबाट रोकिनन्...

loading...

एजेन्सी । मनोरञ्जनको इतिहासमा सबैभन्दा ठूलो र उत्कृष्ठ फिल्म मध्य एक हो टाइटानिक । आजको समयसम्म आइपुग्दा पनि टाइटानिक जत्तिको प्रशंसा अन्य फिल्मले पाउन सकेका छैनन् । यो फिल्म एक ब्लकबस्टर थियो, फिल्मको अन्तमा सबै दर्शक आँशुमा डुबेका थिए । आजसम्म पनि टाइटानिक फिल्म हेर्नेको कमी छैन र हेरेपछि आँशा रसाएकै हुन्छ ।

तर पनि ती आँशुका बीचमा सबैको मनमा एउटा प्रश्न खड्किएकै हुन्छ । आखिर किन अभिनेत्री रोजले अभिनेता ज्याकलाई मर्नको लागि छाडिन् ? यो प्रश्नको उत्तर वर्षौंदेखि दर्शकले खोजिरहेका छन् । फिल्मले विश्व भरका मानिसहरुको मन र थुप्रै ओस्कर पनि जित्यो । उक्त फिल्मका निर्देशक जेम्स क्यामरनले सबैको मनमा उब्जेको यो प्रश्नको जवाफ दिने कोशिस गरेका छन् ।

उनले उक्त सिनमा कलात्मक माग रहेको बताएका छन् । त्यो सिनमा रहेको उक्त बस्तुले एकजनाको भन्दा भार थाम्न नसक्ने भएकाले एकको मृत्यु निश्चित रहेको र मुख्य कलाकार ज्याकले त्यो मुर्खता लिने निर्णय गरेको उनले बताए । यद्यपी उनको मृत्युले दर्शकलाई निकै नै भावविहोर पारेको भए पनि फिल्ममा उनले गरेको त्यागले नै २० वर्षसम्म टाइटानिक सबै दर्शकहरुको माझ प्रिय बन्यो ।

धुवाँको स्टक उनीमाथि खस्नु र उनी बिस्तारै तलतिर जानु कुनै वैज्ञानिक कारण नभएर विशुद्ध कलात्मक रहेको पनि निर्देशक क्यामरनले खुलाए । स्क्रिप्ट बलियो पार्न उक्त जहाजमा वैज्ञानिक दृष्टिले हेर्दा २ जना व्यक्ति सजिलै निस्कन सकिने ढोका भएता पनि फिल्मलाई अझ रोमाञ्चक बनाउनको लागि जहाजका चालकहरुले ढोकामा कठिनाई सिर्जना गरेका थिए ।

जे सुकै कारण भएपनि दर्शकहरुले फिल्ममा सुखद अन्त नै चाहेका थिए ।

तपाईंको प्रतिकृया
Loading...