ललितपुरमा निर्वाचनको अन्तिम अपडेट

१३१ मतदान स्थल र २७७ मतदान केन्द्र

loading...

ललितपुर । ३ निर्वाचन क्षेत्र रहेको ललितपुर जिल्लामा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

२ लाख ३९ हजार मतदाता रहेको ललितपुर जिल्लामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको र मतदान अधिकृतहरू सम्बन्धित मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए ।

१३१ मतदान स्थल र २७७ मतदान केन्द्र रहेको ललितपुरमा एउटा मतदान केन्द्रमा आठजना कर्मचारी खटाइएको दवाडीको भनाइ छ ।

तपाईंको प्रतिकृया
Loading...