‘सेनालाई गोली हान्ने अधिकार’

loading...

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिईएको बताएका छन् ।

निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि सेनालाई आवश्यक निर्देशन दिएको र सेनालाई गोली हान्ने सम्मको अधिकार दिईएको रक्षामन्त्री प्रधानले बताए । रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह समेत गरे ।

तपाईंको प्रतिकृया
Loading...