बीबीसीले माग्यो माफी

शशी कपूरको निधनको खबरमा गलत फोटो

loading...

एजेन्सी । बलिउड कलाकार शशी कपूरको निधनको खबरमा अभिनेता अमिताभ बच्चन र ऋषी कपूर देखाएपछि बीबीसीले माफी मागेको छ ।

राती दस बजे ‘न्यूज एट टेन’मा खबर प्रसारण लगत्तै बीबीसीले शशीका भतिज ऋषी कपूर र अमिताभ बच्चनको फिचरिङ रहेको गीत बजाएको थियो ।

भिडियो प्रसारणमा भएको गल्ति ‍औंल्याउदै विभिन्न कलाकार र आम मानिसले सामाजिक सञ्जालमा टिप्पणी गरे । बुलेटिन प्रसारणको केही बेरमा न्यूज एट टेनका सम्पाक पल रोयलले ट्विटरमार्फत उक्त गल्तिका लागि माफी मागे ।

लेखेका छन्,’शशी कपूरको मृत्युको खबरमा अन्यथा फोटो प्रयोग भएकोमा बीबीसी न्यूज टेन माफी माग्दछ।’ 

बलिउड अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा सोमबार निधन भएको हो । अभिनेता कपुर केही वर्षदेखि बिरामीका कारण थलिएका थिए। उनले आफ्नो जीवनकालमा १ सय ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

तपाईंको प्रतिकृया
Loading...