नेपालले युएईलाई दियो २२२ रनको लक्ष्य

loading...

काठमाडौँ, मंसिर २० । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई बिरुद्दको पहिलो लेगमा नेपालले घरेलु टोली युएईलाई रनको लक्ष्य दिएको छ । ओपनर ज्ञानेन्द्र मल्ल र मध्यक्रममा ब्याटिङ गर्न आएका शरद भेषवाकरले अर्धशतक बनाए पछि नेपालले ५० ओभरमा छ विकेट गुमाएर २२१ बनाएको हो ।

नेपालका लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले नेपालका लागि अविजित रहँदै सर्वाधिक ८१ रन बनाएका थिए । ९५ बलको सामना गरेका शरदले पाँच चौका प्रहार गरेका थिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शरदको यो चौंथो अर्धशतक हो भने लिस्ट ए मा पाँचौ अर्धशतक ।

शरदले दोश्रो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ४१ रनको साझेदारी गरेका थिए भने कप्तान पारस खड्कासँग तेश्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । कप्तान खड्का २० रनमा र ज्ञानेन्द्र ५४ बलमा आउट भएका थिए ।

नेपालका लागि उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल अर्ध शतक बनाएर आउट भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो दोश्रो अर्धशतक बनाएका ज्ञानेन्द्र, रोहन मुस्तफाको बलमा एलबिडब्लु आउट भएका हुन् । ८३ बलको सामना गरेर ५४ रन बनाएर आउट भएका हुन् । उनले छ चौका प्रहार गरेका थिए ।

नेपालको तर्फबाट सोमपाल कामीले १९ बलमा २० रनको योगदान दिए भने ओपनर तथा विकेट किपर दिलिप नाथ ३९ बलमा १६ रन बनाएर एहेमद राजाको बलमा बोल्ड भएका थिए ।

खराब फर्मबाट गुज्रिरहेका बिनोद भण्डारी छ बलमा चार रन बनाएर आउट भए भने आरिफ शेखले खाता पनि खोल्न भ्याएनन् । बसन्त रेग्मि १५ बलमा १४ रन बनाएर अबिजित रहे ।

 

 

 

तपाईंको प्रतिकृया
Loading...