तपाइको आजको दिन

loading...

मंसिर २० । आज २०७४ साल मंसिर २० गते बुधवार, तदअनुसार डिसेम्बर ६, तृतिया

मेष: समाजमा वोलीको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कमको थालनी हुनेछ ।

बृष: अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

मिथुन: राज्य बाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद यात्राको योग छ ।

कर्कट: धार्मिक कार्य सफल रहनेछन । प्रेम सम्बन्ध कसिलो होला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

सिंह: मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष छाउनेछ । व्यापार बाट लाभ होला ।

कन्या: सामाजिक कार्यमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ ।

तुला: आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

वृश्चिक: कार्य सम्पादनमा सहजता मिल्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । आत्मविश्वास जाग्नेछ ।

धनु: सांगितीक क्षेत्रमा रुची बढ्नेछ । बौद्धिक विकास होला । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर: स्वास्थ्यमा खर्च बढ्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । सामान हराउने योग छ ।

कुम्भ: राजनैतिक चिन्तन बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । कुविचारमा मन जाला ।

मीन: बौद्धिक काममा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । पशुपालन बाट सफलता पाईनेछ ।

 

तपाईंको प्रतिकृया
Loading...