केन्द्रीय सदस्यको घर आगाडी बम विस्फोट

loading...

पर्सा, मंसिर २० । एमाले केन्द्रीय सदस्य तथा पुर्व सभासद रामचन्द्र साहको घर अगाडी सुतली बम विस्फोट भएको छ ।

बिरगंज महानगरपालिका–१० रानीघाट स्थित साहको घरको गल्लीमा घरलाई लक्षीत गरी बम बिस्फोट भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

साह पर्सा क्षेत्र नम्बर–२ को ‘क’ बाट प्रदेश सभाका उम्मेदवार समेत रहेका छन् । साह नेकपा एमाले पर्सा संयोजक समेत हुन् ।

बम बिष्फोटबाट साहको घरको झ्यालको सिसा फुटेको छ । मानवीय क्षती भने नभएको प्रहरी ले जनाएको छ ।

बम पड्काउने समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...