क्लब डेजाभूमा गायक नविन के भट्टराई

लाइभ कन्सर्ट हुँदै

loading...

काठमाडौँ, मंसिर २० । पप गायक नविन के भट्टराईको लाइभ कन्सर्ट आयोजना हुँदैछ । काठमाडौंको क्लब डेजाभूमा उनको एकल गायन कार्यक्रम हुन लागेको हो ।

आउँदो पुस १ गते ‘एनकेबी भाइब्स’ नाम दिइएको सांगीतिक कार्यक्रममा गायक भट्टराई अतृप्त ब्याण्डसँगै लाइभ कन्सर्टमा प्रस्तुत हुने छन् ।

कन्सर्टमा गायक भट्टराईले झन्डै दुई दर्जन लोकप्रिय गीत–संगीत प्रस्तुत गर्ने आयोजक संस्था टच ईन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्सले जनाएको छ । ब्याण्डका ड्रमरको प्रभात रिसाल, ब्याक भोकल तथा रिदम गिटारिस्ट धिरज क्षेत्री र लिड गिटारिस्ट भाष्कर राज घिमिरेले उनलाई प्रस्तुतिमा साथ दिनेछन् ।

गायक भट्टराईको लाइभ कन्सर्ट लगत्तै क्लबमा डिजे सेसन सञ्चालन हुने बताइएको छ । जसमा डिजे शिशिर, डिजे रोलिङ, डिजे आशिक तथा गायिका बबिता मानन्धरले पनि प्रस्तुति दिने छन् ।

तपाईंको प्रतिकृया
Loading...