बार्सिलोनाद्वारा स्पोर्टिङ लिस्बोन २-० ले पराजित

loading...

काठमाडौँ, मंसिर २० । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाद्वारा स्पोर्टिङ लिस्बोन २-० ले पराजित भएको हो ।

बार्सिलोनाको जितमा पाको अलकेसरले गोल गरे भने अर्को एक गोल स्पोर्टिङका जेरेमी म्याथ्युले आत्मघाती गोल गरे ।

लियोनल मेस्सी ६१ औं मिनेटमा मैदान छिरेको हो । अन्तिम खेलसम्म अन्तिम १६ मा पुग्ने सम्भावनाका लागि संघर्ष गरिरहेको स्पोर्टिङको सपना बार्सिलोनाका अलकेसरले ५९ औं मिनेटमा गरेको गोल तथा स्पोर्टिङका म्याथ्युले इन्जुरी समयका गरेको आत्मघाति गोल बाधक बन्यो ।

यस्तै यहि समूहको युभेन्टसको जित पनि उसको बाटोमा बाधक बन्यो। जितपद्धि समूह ‘डी’ को विजेता बार्सिलोनाको १४ अंक भयो ।

यस्तै राति नै भएको खेलमा युभेन्टसद्वारा ओलम्पिआकोस २-० ले पराजित भएको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन कुएड्राडो र बेर्नाडेस्चीले गोल गरे । युभेन्टसको ११ अंक भएको छ ।

तपाईंको प्रतिकृया
Loading...