शीतकालीन ओलम्पिकमा रसियालाई प्रतिबन्ध

loading...

एजेन्सी । आगामीको वर्ष दक्षिण कोरियाको प्योङच्याङमा आयोजना हुने शीतकालीन ओलम्पिकमा रसियालाई प्रतिबन्ध गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले निर्णय गरेको छ ।

यद्यपि, डोपिङमा संलग्न नभएका रसियाली खेलाडीहरुले भने स्वतन्त्ररुपमा भने भाग लिन पाउने छन् ।

सन् २०१४ मा रसियाको सोचीमा आयोजित ओलम्पिक प्रतियोगितामा राज्यले प्रायोजितरुपमा डोपिङ गराएको भन्ने आरोपको अनुसन्धानपछि आइओसीले यो निर्णय लिएको हो ।

आइओसीको यो निर्णयको रसियाले कडा शब्दमा भत्सर्ना गरेको छ । केही राजनीतिज्ञहरुले प्रतियोगितानै बहिष्कार गर्न पर्ने माग उठाएका छन् । अन्य अधिकारीहरुले भने निर्णयको स्वागत गर्दै अब ‘स्वच्छ’ खेलाडीहरुले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए ।

स्वीटजरल्याण्डका पूर्व राष्ट्रपति स्यामुयल स्केमिडको नेतृत्वमा बनेको छानविन टोलीले १७ महिना लगाएर तयार पारेको प्रतिबेदनको आधार आइओसीका अध्यक्ष थोमस बाच र बोर्ड सदस्यहरुले यो निर्णय लिएको बताइएको छ ।

रसियाको ओलम्पिक कमिटी आरओसीलाई निलम्बन गरिए पनि आइओसीले रसियाका स्वच्छ खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन आह्वान गरेको छ ।

फेब्रुअरीमा हुने प्रतियोगितामा उनीहरुलाई ओलम्पिक एथ्लेट फ्रम रसिया (ओएआर) को झण्डामूनि सहभागिता जनाउन दिइने उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया
Loading...