अल द बेष्ट शुभेच्छा

वर्ल्ड मिस युनिभर्सिटी २०१७ मा सहभागिता जनाउन कम्बोडियातिर

loading...

ललितपुर/अनलाइन पत्रिका

२८ औं वर्ल्ड मिस युनिभर्सिटीमा नेपालको प्रतिनिधित्व गर्दै ललितपुर निवासी सुभेच्छा खड्का कम्बोडिया प्रस्थान गरेकी छन् । कम्बोडियाको राजधानी फिनोम पेनमा डिसेम्बर २० तारिखको दिन आयोजना हुने वर्ल्ड मिस युनिभर्सिटी २८ औ संस्करणको लागि उनी कम्बोडिया गएकी हुन् ।

अन्र्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उनको यो दोस्रो पटकको सहभागिता हो । यसअघि उनले जापानको ओकीनावामा सम्पन्न मिस इन्टरनेशनल प्रतियोगिता ५२ औ संस्करण सहभागिता जनाईसकेकी छन् । वर्ल्ड मिस युनिभर्सिटी सन् १९८६ बाट सुरु गरिएको हो ।

मिस नेपाल २०१२ को सेकेन्ड रनर अप बिजेता, पाँच फिट ६ इन्च उचाई रहेकी २४ बर्षीय सुभेच्छा पेशाले टेलिभिजन प्रस्तोता एव उद्घघोषिकासमेत हुन् ।

तपाईंको प्रतिकृया
Loading...