आगो ताप्दा याद राखौं

फोहर बालेर तापे स्वास्थ्यमा हानी

loading...

वरपर वा सडक सफा राख्दा धेरैले जानेको काईदा हो, वरपरको फोहोर जम्मा गरेर बालिदिने । त्यसमा पनि चिसो बढेसंगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले बातावारण प्रदुषित बनाई स्वास्थ्य तथा वातावरणविद्का अनुसार उपत्यकामा घरवाहिरका फोहोर बाल्ने यही प्रचलन वातावारण प्रदुषणको प्रमुख कारण बन्दै गएको छ ।

चिसो बढेसँगै विभिन्न स्थानमा जताततै भेटिने फोहोरमा विशेषगरी प्लाष्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन । जसलाई बालेर ताप्ने प्रचलन बढ्दै गएको छ । यसो गर्दा निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहिरहन्छ जसले स्वास्थ्यमा हानी पुर्याउछ । दीपक दाहालह÷नागरिक

तपाईंको प्रतिकृया
Loading...