मतदान हुने जिल्लामा मध्यरातदेखि सबै यातायात बन्द

एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकरलगायत चल्ने

loading...

ललितपुर । दोस्रो चरणअन्तर्गत मंसीर २१ गते (बिहीबार) हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि यातायात बन्द हुने भएको छ । सरकारले मध्यराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सबै सवारी चालकलाई आग्रह गरेको छ ।

गृहमन्त्रालयका अनुसार दोस्रो चरणअन्तर्गत भोली मतदान हुने ४५ जिल्लामा गाडी चलाउन पाइने छैन । मतदान हुने दिन बेलुका सात बजेसम्मका लागि यातायातमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । भोली मतदान हुने जिल्लामा एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका सवारी साधन सञ्चालनमा हुनेछ । त्यस्तै सुरक्षा निकायका गाडी र चुनावी प्रयोजनको लागि सवारी पास लिएका गाडीहरु सञ्चालन हुनेछन् ।

तपाईंको प्रतिकृया
Loading...